Friday, May 11, 2012

हाम्रो स्वास्थ हाम्रै हातमा

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा द्वारा आधारभुत स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत “साप्ताहिक स्वास्थ्य परिक्षण” कार्यक्रम हाम्रो स्वास्थ्य हाम्रै हातमा नियमितरुपमा सञ्चालन गर्न मिति २०६९ साल बैशाख ९ गते बालकोट गा.वि.स उप स्वास्थ्य चौकि अन्तर्गतका ९ वटा वडाका स्वास्थ्य स्वंयम सेविकहरु, एंम बालकोट रेडक्रसमा स्वंयम सेवाक र मिड सिटी अस्पतालका प्रतिनिधिहरु बिच अन्तरक्रिय कार्यक्रम  सञ्चालन गरियो ।
कार्यक्रमको सुरुमा कार्यक्रम संयोजक श्री कृष्ण मुरारी पौडेलज्यू बाट कार्यक्रममा उपस्थित हुनु भएका ने.रे.सो बालकोट उपशाखा सभापति लवकुमार कार्की, सचिव दिवाकर सिलवाल, कोषाध्यक्ष उमेश सिलवाल सह कोषाध्यक्ष हरिहर भण्डारी यु.रे.स बालकोटका दिपेश श्रेष्ठ, सुरोज रानाभाट, उर्मीला श्रेष्ठ, उमेश परियर, कुमार के.सी, मिड सिटी अस्पतालका प्राविधिक रुपेन लामा र बालकोट गा.वि.स उप स्वास्थ्य चौकि अन्तर्गत बडाका स्वास्थ्य स्वंयम सेविकाहरु  लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण रेडक्रस प्रेमि माहानुभाहरुलाई कार्यक्रममा स्वागत गर्नुका साथै आगामि बैशाख २३ गते आयोजना गर्न लागियको हाम्रो स्वास्थ्य हामै हातमा कार्यक्रमको उद्धघाटन समारोह तथा बृहत नि शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्वन्धमा जानकारी गराउदै उक्त कार्यक्रममा मैत्रिय बचत तथा ऋण सहकारी सस्ंथा बाट त्यस दिनको सम्पुर्ण खर्च गरि सहयोग गर्नु का साथै मिड सिटी अस्पताल बाट सम्पुर्ण प्राविदिक सहयोग उपलब्ध गराउने कुराको जनकारी दिनु भयो ।
कार्यक्रमको दोस्रो चरणमा मिड सिटी अस्पतालका प्राविधिक रुपेन लामाज्यू बाट सम्पुर्ण प्राविदिक सहयोग एंम नि शुल्क औषधि बितरण गरिने र उक्त कार्यक्रमका लाति स्त्री रोग, हाड जोर्नि, फिजीसियन तथा समान्य सर्जरी का लागी समेत डक्टरहरुको व्यवस्था गरिने कुरा जानकारी गराउनु भयो । त्यसै गरि बालकोट गा.वि.स उप स्वास्थ्य चौकि अन्तर्गतका ९ वटा वडाका स्वास्थ्य स्वंयम सेविकहरु बट यस कार्यक्रमको लागि आवश्यक हरतरहको सहयोग आफूहरुले गर्ने प्रतिवद्धता जाएर गर्नु भयो ।
कार्यक्रमाको अन्तिम चरणमा ने.रे.सो बालकोट उपशाखा सभापति लवकुमार कार्कीज्यू बाट मैत्रिय बचत तथा ऋण सहकारी सस्ंथा, मिड सिटी अस्पताल, बालकोट गा.वि.स उप स्वास्थ्य चौकि अन्तर्गतका ९ वटा वडाका स्वास्थ्य स्वंयम सेविकहरु लगायत सम्पूर्ण स्वास्थ्य सेवा संग सम्वन्धि सस्थाहरु बालकोट रेडक्रस संग हातेमालो गर्दै अघि बड्नु पर्नेे कुरा व्यक्तगर्नु भयो भने कार्यक्रम संयोजक कृष्णमुरारी पौडेलज्यू बाट मैत्रिय बचत तथा ऋण सहकारी सस्ंथा, मिड सिटी अस्पताल, बालकोट गा.वि.स उप स्वास्थ्य चौकि अन्तर्गतका ९ वटा वडाका स्वास्थ्य स्वंयम सेविकहरु लगायत मिड सिटी अस्पताललाई विशेष धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।