Showing posts with label About Village. Show all posts
Showing posts with label About Village. Show all posts

Friday, November 26, 2010

गाउँ विकास समिति बालकोट

भौगोलिक स्थिति
यस गाउँ विकास समिति उत्तरी अक्षांश २७ डिग्री ३७ मिनट देखि २७ डिग्री ४४ मिनट र देशान्तर ८५ डिग्री २१ मिनट देखि ८५ डिग्री ३२ मिनट भित्र पर्दछ । यस गाविस सदरमुकाम भक्तपुर जिल्ला देखि ७ किलो मिटर पश्चिम र राजधानी काठमाडौं हनुमानढोका देखि ९ किलो मिटर पूर्व रहेको रमणिय गाउँ नै बालकोट हो । यस गाउँको दक्षिणमा ढुग्रे खोला, चरखण्डी खोला, सिरुटार, टिकाथली गाविसहरु, पश्चिममा गोदावरी खोला, टिकाथली गाविस, उत्तरमा हनुमन्ते खोला, मध्यपुर थिमी नगरपालिका र पूर्वमा दधिकोट गाविस, यति चार किल्ला भित्र रहेको यस गाउँ विकास समिति बालकोट ७३८६ रोपनी जग्गामा फैलिएको छ ।

बालकोटको शाब्दिक अर्थ
नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित नेपाली बृहत शब्दकोश र बसन्त कुमार शर्मा नेपालद्वारा सम्पादित, भाषापुस्तक भण्डार, चाबेल काठमाडौंद्वारा प्रकाशित नेपाली शब्द सागर (सोपपत्तिक) कोशका अनुसार बहालको अर्थ बौद्ध मार्गीको मठ र मन्दिर, बिहार भन्ने उल्लेख भएको छ भने यी दुवै शब्दकोष अनुसार कोटको अर्थ किल्ला, दुर्ग, गडी, सैनिक छाउनी भन्ने बुझिन्छ । यहाँ हाल सम्म बौद्ध मार्गीहरुको मठ, मन्दिर, बिहार भेटिएको छैन तापनि वार्ड नं. १ र २ को सीमानामा, वार्ड नं. ३ को उत्तर पट्टीको डाँडो हाल बाग्मती परपर्टिजद्वारा निर्माणित बालकोट कलनी, वार्ड नं. ७ को राउत गाउँको मध्य भाग र वार्ड नं. ९ को कोटमा उत्तखनन् गर्दा पुराना समयका ईट्टा, ढुंगा आदि पाइएको छ । वार्ड नं. १ पहिले ललितपुर जिल्लामा पर्ने भएकाले वार्ड नं. २ मा अवस्थित बालविनायक गणेश मन्दिर र पाटी मल्ल राजाहरुको समयमा पाटन र भक्तपुर राज्यहरुको सीमाना थियो भन्ने बुझिन्छ । मल्लकालिन समय देखिनै भक्तपुर सल्लाघारीबाट हनुमन्ते र मनोहरा खोलाको तिरैतिर बालकुमारी हुँदै पाटन भक्तपुर आवतजावत गर्ने ठूलो बाटो अरनिको राजमार्गबाट राम्रै देखिन्छ । वडा दशैं अगाडि मछिन्द्रनाथको भोटो देखाउने साइत नपरी दशैं पछि भोटो देखाउनु परेमा यहि बाटोबाट रथ तानेर भक्तपुर पु¥याइ भोटो देखाउनु पर्ने परम्परा छ भन्ने बुझिन्छ । तर अहिले बाटो अतिक्रमण भएकाले कुनै ठाउँमा त बाटै छैन ।
यस गाविसको वार्ड नं. २ स्थित बालविनायक गणेश मन्दिर अगाडिको पाटीको थाम, मेठ, टुँडाल र निदालहरु मल्लकालिन युगका छन् । पाटीको अघिल्लो भागको बाहिरी निदालमा कुँदिएका नागका आकारमा दुइ तिरबाट आएका नागहरु बिचमा रहेको कलशको दायाँ बायाँ उठेका छन् । यहाँका बुढापाकाहरुको भनाइ अनुसार र १९८० सालको नापि नक्शा अनुसार निदालको कलश नै भक्तपुर र पाटनको सीमाना भएकाले वार्ड नं. १ पाटन हाल ललितपुर जिल्लामा परेको थियो । कलशको पश्चिम पट्टी पाटन र पूर्व पट्टी भक्तपुर भएकाले यी दुई राज्यका राजाहरु आपशमा वार्ता गर्नुपर्दा कलशको पश्चिम पट्टी पाटने राजा र पूर्व पट्टी भादगाउँले राजा बसी वार्ता गर्दथे भन्न भनाइ छ । राज्यहरुको अन्र्तराष्ट्रिय सीमानामा किल्ला, दुर्ग, गड, भवन, चैते आदि पनि हुनुपर्छ । यसैले बहालकोट शब्द अपभ्रम्स भइ बालकोट भएको हुँदा यसको अर्थ किल्ला (दुर्गमा रहेको चोक) भन्ने बुझिन्छ ।

आर्थिक स्थिति
पहिलेको अवस्था र अहिलेको अवस्थालाई तुलनात्मक दृष्टिकोणबाट दाज्ने हो भने यस गाउँको जनताको आर्थिक स्थितिमा धेरै सुधार आएको छ । पुराना जाँगरीला महिलाहरु तरकारी खेती गरेर नगद आर्जन गर्न सक्षम छन् भने पुरुषहरु जागिर, बन्दव्यापार एवं अन्य कुनै काम गरेर प्रति महिना ५÷७ हजार कमाउँदछन् । यस गाउँमा ३० वटा बचत तथा ऋण सहकारी संस्थाहरु र विभिन्न कोषहरु खडा भएकाले प्रत्येक घरपरिवार सदस्य बनेका छन् भने आम्दानीको केहि अंश जम्मा गर्छन् । यसैले स–साना रकम कारोवारमा कसैसँग हात फैलाउनु पर्दैन ।
यातायात
राजधानी काठमाडौं देखि ९ किलोमिटर दुरीमा रहेको यस गाविस केहि समय हाल रत्नपार्क देखि बिरुवासम्म बालकोटको बाटो हँुदै प्रत्येक ३०÷३० मिनेटमा र कलंकी देखि बालकोट सम्म प्रत्येक १०÷१० मिनेटमा निरन्तर चलिरहने यातायात सेवाहरुले बालकोटबासीलाई काठमाण्डौंका मुख्य केन्द्र जोड्न सफल भएको छ ।

शिक्षा
यस गाउँ विकास समितिमा प्रजातन्त्र आउनु भन्दा पहिले कुनैपनि किसिमका विद्यालयहरु थिएनन् । प्रजातन्त्रको उदयपछि गाउँका शिक्षाप्रेमी एवं समाजसेवीहरुको शत्प्रयासबाट २००९ सालमा शान्ति विद्यालय स्थापना भएको थियोे । २०१५ साल भाद्र १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण सरकारी स्वीकृति सहित पाँच जना शिक्षकहरुको व्यवस्था भएको थियो । श्री महेन्द शान्ति अ प्रा स्कुलको रुपमा स्वीकृति पाएको यस विद्यालय २०३१ सालमा निम्न माध्यमिक विद्यालयमा पुग्यो । २०३९ साल मंसिर १९ गते यसै श्री महेन्द्र शान्ति निम्न माध्यमिक विद्यालयमा माध्यामिक विद्यालयको रुपमा संचालन गर्ने निर्णय भयो र कक्षाहरु संचालन भए ।
यस माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालयमा लैजान भौतिक पूर्वाधार कोठाहरु नपुग्ने भएकाले नयाँ भवन निर्माणका लागि भारतीय दूतावासलाई अनुरोध गर्दा सकारात्मक बुझिए पनि भवन निर्माणका लागि हामी सँग आवश्यक मात्रामा जग्गा भएन । दाताहरु र सरकारबाट जग्गा खरिद नगर्ने, स्थानिय जनताहरुले नै जग्गा जुटाइदिनु पर्ने भएकाले जनसहयोगबाट ज्ञान महायज्ञ संचालन गरी रु. १,००,००,०००।– संकलनबाट २ रोपनी जग्गा खरिद गरिएको छ ।
यस गाउँमा सामुदायिक विद्यालयहरुमात्र होइन निजी विद्यालयहरु पनि प्रशस्त मात्रामा संचालनमा आएका छन्। यस गाँउमा जम्मा सामुदायिक मा.वि. १, सामुदायिक प्रा.वि. ४, निजी मा.वि. ६ र निजी प्रा.वि. २ गरी जम्मा १३ वटा विद्यालयहरु रहेका छन् । यस गाउँमा विद्यालय संख्यामात्र वृद्धि भएका होइनन्, ९५ प्रतिशत जनता पनि साक्षर छन् भने दुधे बालकहरु बाहेक सबै बालबालिकाहरु स्कुल जान्छन् । गाउँमा प्राविधिक डाक्टर, इञ्जिनीयर, ओभरसियरहरुको अतिरिक्त पिएचडि गर्नेहरु पनि छन् । विदेशमा अध्ययन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै छ ।

पिउने पानी
यस गाउँमा पिउने पानी आपूर्तिका लागि मुहानका लागि नैचालको डाँडामा खोजिगर्दा आशापुरी महादेव मन्दिर पश्चम पट्टीको डाँडाको खोल्चामा पानीको सानो मुहान भेटियो, त्यहि पानी ल्याएर जनतामा वितरण गर्ने योजना गरि वार्ड नं. ८ मा पानी ट्यांकी निर्माण गरियो र उक्त ट्यांकीमा संकलन भएको पानी गाविसको ९ वटै वडामा प्रत्येक वार्डमा तीन तीन वटा धाराहरु वितरण गरियो । जनसंख्या बृद्धिका कारण पानी खपत बढेकाले आपूर्ति कम हुन गयो । यसैले वार्ड नं. ८ र ३ मा डिप ट्यूवेल निर्माण गरी नैचालबाट ल्याएको पानीमा यी ट्यूवेलहरुबाट निकालिएको पानी मिसाई ११८४ वटा निजी धाराहरु वितरण गरिएको छ । उक्त पानी ट्यांकी निर्माण कार्य प्राय पूरा भइसकेको छ । अझै पानी आपूर्ति कम भएकाले वार्ड नं. ८ मा नै अर्को डिप ट्यूवेल तयार भएको छ भने केहि दिनमानै यसबाट आएको पानी पनि वितरण हुनेछ ।

संचार
राजधानी काठमाडौं नजिक र मध्यपुर ठिमी नगरपालिकासँग जोडिएको गाउँ भएकाले बिहानै सबै प्रकारका पत्रपत्रिकाहरु घरघरमा आइपुग्छन् । नियमित पत्रिका नलिनेहरु गाउँका पत्रिका पसलबाट आफूले चाहेको पत्रिका किनेर पढ्छन् । गाउँभित्र नै विभिन्न वडाहरुमा कम्प्युटर साइबर राखेका छन् भने कतिपयले आफ्नै घरमा पनि कम्प्युटर राखेका छन् । २०६० सालको बालकोट टेलिफोन डायरेक्ट्री अनुसार यस गाउँमा ५३१ वटा टेलिफोन लाइन आइसकेको थियो भने हालसम्म यसको संख्या धेरै बढिसकेको छ । अहिले प्रत्येक जसोको हातमा मोबाइल सेट देखिन्छ ।

रोहित बहादुर राना क्षत्री
बालकोट–२, भक्तपुर
२०६७ आश्विन ३ गते ।

Tuesday, November 9, 2010

Background of Balkot V.D.C.

 Balkot V.D.C. lies in south-western part of the Bhaktapur District, which covers 4.25 Sq.km.(approx) of total area. Balkot VDC lies in center of 4 VDC (Dadikot VDC in East,Tikathali VDC of Lalitpur in West, Sirutar VDC in South and Madhyapur Thimi Municipality in North)  The Araniko highways touch the  VDC. It is totally Rural Area. The total population of the VDC  is 8447 individuals. People of diverse cultural backgrounds  like Brahmin, Chhetri, Newar, Tamang, Bhujel, Dalit etc.  staying in this area. Most of the people are depending on Agriculture; some are in business, service sector etc.