Thursday, January 13, 2011

रेडक्रस छ साथैमा

रचनाकार : कृष्ण मुरारी पौडेल
परोपकार गर्न नि पाईने,
आपत पर्दा आफैलाई चाहिने ।
रेडक्रस छ साथैमा,
मानवीय सेवा नै धर्म हो,
देउ हात हातैमा ।।
 
सीप र शिक्षा झन् बढी खार्नलाई,
भविष्यलाई उज्यालो पार्नलाई ।
रेडक्रस छ साथैमा,
मानवीय सेवा नै धर्म हो,
देउ हात हातैमा ।।
 
सुन्नु पर्छ घटनाको समाचार,
थाहा पाई राखौं प्राथमिक उपचार ।
रेडक्रस छ साथैमा,
मानवीय सेवा नै धर्म हो,
देउ हात हातैमा ।।
 
पाइन्छ नि गौरव र आत्म सम्मान,
रक्तदान अमुल्य योगदान।
रेडक्रस छ साथैमा,
मानवीय सेवा नै धर्म हो,
देउ हात हातैमा ।।

No comments:

Post a Comment