Saturday, January 22, 2011

तल्लो जाती

रचनाकारः उमेश परियार
कुन जुनीमा गरेथेँ भुल जन्म लिएँ तल्लो जाती ।
दुनियाँको पिडा आज थाप्नु पर् यो छाती माथि ॥

छुवा छुतको वारना गर्छन् आफु भन्दा माथ्लो जाती ।
किन यस्तो पिडा दिन्छन्  भनी मलाई तल्लो जाती ॥
कुन जुनिमा गरेथें भुल जन्म लिएँ तल्लो जाती ॥

कम्प्युटरको जमानामा आज घमण्ड गर्छन् माथ्लो भनी ।
के नै अन्तर रहेछ ममा भन्छन् मलाई तल्लो जाती ॥
कुन जुनिमा गरेथें भुल जन्म लिएँ तल्लो जाती ॥

समयले आज हेर बढाइसक्यो पाइला माथि ।
एक पल्ट मात्र होइन सयौं पल्ट भनी भनी ॥
हेला गरी भनी रहन्छन् तल्लो जाती तल्लो जाती ॥

भेद भाव केही नगर्ने तल्लो होकि माथ्लो जाती ।
चेतनाको दियो बाल्ने रेडक्रस रहेछ हाम्रो साथी ।

No comments:

Post a Comment